भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । भार्गव विकास बैंकले ८०% हकप्रद सेयर निष्काशन  गर्ने भएको छ । बैंकले १० बराबर ८काे  अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २१ लाख १२ हजार कित्ता सेयर बिक्री गर्ने भएकाे छ । यो हकप्रद सेयर कात्तिक २४ गते  देखि मंसिर २८ गतेसम्म भर्न पाइने छ ।यो हकप्रद सेयरमा कात्तिक १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र  आवेदन दिन सक्नेछन् ।हकप्रद सेयरकाे निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल  लिमिटेड रहेकाे छ । हकप्रद सेयर  एनएमबि क्यमपिटल लिमिटेड नागपोखरी काठमाडौं तथा भार्गव विकास बैंकको मुख्य कार्यालय सुर्खेतरोड नेपालगञ्ज र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । त्यस्तै, एनएमबि बैंकको उपत्यकाभित्रका शाखा कार्यालयहरु कलंकी, चावहिल, कुमारीपाटी र सूर्यविनायक तथा उपत्यकाबाहिर तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेनद्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर वीरगञ्ज, भानुचोक जनकपुर, नारायणगढ चितवन र विर्तामोड झापा शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : ८ कार्तिक २०७४, बुधबार १२:२०