१३ दशमलव ९२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१३ दशमलव ९२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १३ दशमलव ९२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन्। आज कारोबारमा आएका टे«डिड. र होटल समुह बाहेक अरु सबै समुहे गुमाएका छन । आज कारोबारमा आएका १५९ कम्पनीको १४ लाख ४७ हजार २ सय ७१ कित्ता सेयरबाट ४७ करोड १० लाख २७ हजार ७ सय ५९ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ३६ दशमलव ७३ अंकले ओरालो लागेको छ। आज उतपादनमुलक समुह २९ दशमलव ८१ अंकले,जलविधुत समुह २८ दशमलव ३८ अंकले, अन्य समुह २१ दशमलव ११ अंकले ,विकस बैँक समुह ११ दशमलव ९४ अंकले, बैक समुह ११ दशमलव ७ अंकले फाइनान्स समुह ५ दशमलव २९ अंकले ओरालो लागेको छ।
आज ट्रेडिड. र होटल समुह भने उकालो लागेको छ । आज होटल समुह ३१ दशमलव ३५ अंकले र ट्रेडिड. समुह ११ दशमलव ७३ अंकले उकालो लागेको छ ।

प्रकाशित : ८ कार्तिक २०७४, बुधबार १५:२१