नेप्सको अध्यक्षमा नेपाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सको अध्यक्षमा नेपाल नियुक्त



काठमाडौं। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (NEPS) को सञ्चालक समितिको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन् ।

कात्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सनराइज बैंकका नेपाललाई नेप्सको अध्यक्षमा चयन गरेको हो ।

यसअघि असोज २९ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारणसभाबाट जनता बैंकका पृथ्वीनारायण श्रेष्ठ, सनराइजका नेपाल, प्राइम कमर्सियल बैंकका भाइराजा तुलाधर, बैंक अफ काठमाडौंका प्रविन प्रकाश क्षेत्री, माछापुच्छ्रेका नारायाण प्रकाश भुजू, नेपाल बैंगलादेश बैंकका रत्नतारा वैद्य, सिटिजन्स बैंक इन्टरनेशनलका सञ्जीवकुमार श्रेष्ठ र सिद्धार्थ बैंकका सुरेशराज महर्जन सञ्चालक समितिमा चयन भएका थिए ।

नेप्स १५ ओटा बैंक तथा वित्तीय संस्थाद्वारा स्थापित एंव सञ्चालित , एक पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्यूरिटी स्ट्याण्डर्ड (PCI DSS version 3.2) र PCI PIN प्रमाणित कम्पनी हो ।

प्रकाशित : ८ कार्तिक २०७४, बुधबार १६:३८