तीन महिनामा ७१ अर्ब ७७ करोड ६४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

तीन महिनामा ७१ अर्ब ७७ करोड ६४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भन्सार विभागले कुल वार्षिक लक्ष्यको २२ दशमलव शून्य ४ प्रतिशत राजस्व असुली गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ९ दशमलव ८७ प्रतिशतले बढी हो ।

असोज मसान्तसम्म ७१ अर्ब ७७ करोड ६४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएकोे छ । सो अवधिमा लक्ष्यभन्दा ११ करोड ७४ लाख १२ हजार रुपैयाँ भन्सार राजस्व बढी उठेको विभागले जनाएको छ ।

विभागले चालू आर्थिक वर्षमा ३ खर्ब २५ अर्ब ७२ करोड ३० लाख ३८ हजार रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य लिइएको छ । गत आर्थिक वर्ष २ खर्ब ४६ अर्ब ४ करोड ९० लाख ८८ हजार रुपैयाँ थियो ।

देशका विभिन्न २३ वटा भन्सार कार्यालय रहेका छन् । तीमार्फत् कुल राजस्वको ४४ प्रतिशत योगदान दिँदै आएका छन् । तीन महिनामा १५ वटा भन्सार कार्यालयहरुले लक्ष्यभन्दा निकै कम राजस्व असुली गरेका छन् । कम राजस्व संकलन गर्नेमा विराटनगर, मेची, पशुपतिनगर, नेपालगन्ज, सर्लाही, सिराहा, राजविराज, रसुवा, सुनसरीलगायत भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेका छन् । लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालयहरुमा त्रिभुवन विमानस्थल, सुनसरी, जनकपुर, जलेश्वर कृष्णनगर भन्सार कार्यालय, राजापुर भन्सार कार्यालय र महाकाली भन्सार कार्यालय रहेका छन् ।

प्रकाशित : १० कार्तिक २०७४, शुक्रबार ११:२८