युनिटी प्रकरणः ठग दाजुभाई पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनिटी प्रकरणः ठग दाजुभाई पक्राउ



काठमाडौं । गैरकानुनी रुपमा बैंकिङ, बिमा लगायतका आर्थिक गतिविधि सञ्चालन गरेर सार्वसाधारणको अर्बौं ठगेको भन्दै सरकारले चार वर्ष अघि कारबाही सुरु गरेको फरार अभियुक्त युनिटि लाइफ इन्टरनेशनलका संचालक बिष्णु क्षेत्री र कृष्ण क्षेत्रीलाई कन्चनपुरस्थित नेपाल भारत सीमाक्षेत्र गड्डा चौकीबाट महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

यसअघि क्षेत्री दाजुभाई भारतमा लुक्दै आएका थिए । युनिटी ठगी प्रकरणमा यो भन्दा अगाडि अध्यक्ष काशी गुरुङ पक्राउ परिसकेका छन् ।

प्रकाशित : १५ श्रावण २०७२, शुक्रबार १६:०५