चेम्वरद्धारा धेरै सार्वजनिक विदाको विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चेम्वरद्धारा धेरै सार्वजनिक विदाको विरोध



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले विदाको समयमा पनि आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने माग राखेको छ । चेम्वरले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जात्रापर्वका नाममा धेरै विदाहरु दिंदा आर्थिक क्षेत्र नै प्रभावित हुन थालेको जनाएको छ ।

चेम्वरले संस्कृति, जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको जनाएको हो । व्यापार घाटाले मुलुक आक्रान्त वनेको बेला सरकारी कामका सेवाग्राही मात्रै पीडित नभई मुलुकको अर्थतन्त्र नै डामाडोलको अवस्था पुगेको विज्ञप्तिमा उल्ल्ेख छ ।

यसबारे चेम्वरले बारम्बार ध्यानाकर्षण गराउँंदै गएको भएपनि सरकारले वास्ता नगरेको भन्दै विदाहरु दिंदा आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्नेबारे माग राखेको हो । सरकारले शुक्रबार पनि छठको आकस्मिक विदा घोषणा गरेको थियो ।

प्रकाशित : १० कार्तिक २०७४, शुक्रबार १७:१८