जनप्रतिनिधिले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनप्रतिनिधिले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडे



काठमाडौं  । गोदावरी नगरपालिकाको नगर कार्यपालिकाले चाडपर्व खर्च भन्दै १२ लाख रुपैयाँ दामासाही रुपमा बाँडेको रहस्य खुलेको छ ।

नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षसहितको नगर कार्यपालिकाले निर्णय गराएरै सो रकम बाँडफाँड गरेको खुलेको हो ।

स्रोतका अनुसार तिहार पर्वका लागि खर्च स्वरुप भन्दै नगर कार्यपालिकाका २४ जना सदस्यलाई जनही ५० ५० हजार रुपैयाँका दरले १२ लाख रुपैयाँ दामासाहीले बाँडिएको हो ।

तिहार आउनुअघि सो निर्णय भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

प्रकाशित : ११ कार्तिक २०७४, शनिबार ०८:२०