भक्तपुरमा गाडी भाडा १० रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भक्तपुरमा गाडी भाडा १० रुपैयाँ



भक्तपुर । भक्तपुर मिनिबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा १० रुपैयाँ मात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ ।

समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले १० रुपैयाँभन्दा बढी गाडी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए ।

समितिको १ गते सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित कर्यसमितिले उक्त निर्णयलाई कडाइसाथ सागू गर्ने बताएको  आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित : ११ कार्तिक २०७४, शनिबार ०८:४०