पूर्वराजा ज्ञानेन्द्रलाई देशप्रति अत्यन्तै चिन्ता छ ः शाही युवा शक्ति नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्वराजा ज्ञानेन्द्रलाई देशप्रति अत्यन्तै चिन्ता छ ः शाही युवा शक्ति नेपाल



काठमाडाै । शाही युवा शक्ति नेपालले कात्तिक ४ गते पूर्वराजाबाट व्यक्त भएको अभिव्यक्ति समय सान्दर्भिक, राजनीतिक स्थिति अनुकूल तथा स्वागतयोग्य भएको बताएको छ । शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘पूर्वराजाबाट अभिव्यक्त विचारलाई हामी पूर्ण स्वागत तथा समर्थन गर्छौं, उहाँले सही समयमा आफ्ना कुराहरु राख्नुभएको छ ।

’जारी विज्ञप्तीमा भनिएको छ,‘ज्ञानेन्द्र सरकारलाई देशप्रति अत्यन्तै चिन्ता छ र देशप्रति चिन्ता गर्नु उहाँको अधिकार पनि हो, आफू देश हितका लागि काम गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ । अब हामी नेपाली जनता कुनै पार्टीको कार्यकर्ता नभई व्यक्तिग स्वार्थबाट माथि उठी राष्ट्र हितको लागि राजासँग सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’शाही युवा शक्ति नेपालले राजाको अभिव्यक्तिमा निहित मार्मिकतालाइ मनन गर्दै राष्ट्रियता र राष्ट्रवादका लागि एक भएर अगि बढ्न सम्पूर्ण नेपालि जनतालाइ आग्रह गरेको छ ।

शाही युवा शक्तिका अध्यक्ष खड्काले पूर्वराजाको अभिव्यक्तिको स्वागतमा देशव्यापी रुपमा दिपावली गर्नुपर्ने भन्दै यस अभियानमा जुट्नको लागि आह्वान समेत गरेका छन् ।

प्रकाशित : १२ कार्तिक २०७४, आईतवार १२:०७