एसबिआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एसबिआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने



 काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजी आठ अर्ब नाघ्ने गरी बोनस तथा कर प्रयोजनका लागि नगद लाभांस प्रस्ताव गरेको हो ।  बैंकले १५.४२% बोनस सेयर र कर तिर्न ०.८१% नगद लाभांश दिने प्रस्ताव गरेको छ।बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।हाल एसबीआईको चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ छ । १५.४२% बोनस सेयर दिइसकेपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड ६८ लाख ४९ हजार रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ३८ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : १२ कार्तिक २०७४, आईतवार १३:२२