१३ दशमलव ४९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१३ दशमलव ४९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १३ दशमलव ४९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५८ कम्पनीको १३ लाख ८१ हजार २ सय ४८ कित्ता सेयरबाट ५० करोड १४ लाख २६ हजार १ सय २१ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समहु ५८ दशमलव ५९ अंकले ओरालो लागेको छ। आज होटल समुह ३८ दशमलव ७४ अंकले, उतपादनमुलक समुह ३७ दशमलव ४८ अंकले, विकास बैँक समुह १७ अंकले,जलविधुत समुह १५ दशमलव ७ अंकले, बैँक समुह १२ दशमलव ९१ अंकले, फाइनान्स समुह ३ दशमलव १ अंकले, अन्य समुह २ दशमलव ८९ अंकले र टे«डिड. समुह २ दशमलव ५३ अंकले ओरालो लागेको छ।

प्रकाशित : १२ कार्तिक २०७४, आईतवार १५:२४