“सन्राइज बैंकद्घारा वाग्मती सरसफाई कार्यक्रम सम्पन्न” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

“सन्राइज बैंकद्घारा वाग्मती सरसफाई कार्यक्रम सम्पन्न”



काठमाडौ । सन्राइज बैंक लिमिटेडले सञ्चालनको दश वर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत वाग्मती सफाई महाअभियान संगको सहकार्यमा वाग्मती नदी सरसफाई कार्यक्रम आयोजना गरेको छ । उतm कार्यक्रम वाग्मती नदीको गौरीघाट वरपर क्षेत्रको फोहोर सफा गरि सम्पन्न भयो । कार्यक्रममा बैंक संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड, श्री ज्योति कुमार बेगानी, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, नायब महाप्रबन्धकद्घय श्री अपछ कुमार यादब, श्री रबिन कुमार नेपाल, सहायक महाप्रबन्धक श्री सर्बेन्द्र मिश्रका साथै बैंकका उपत्यकाका शाखा तथा प्रधान कार्यालयका कर्मचारीहरुकोे उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।

साथै बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा अन्य सामाजिक कार्य जस्तै रक्तदान कार्यक्रम, कम्प्युटर वितरण, तथा देश भरिका शाखा मार्फत वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आखाँ जाँच, बृद्घाश्रम तथा अनाथालयलाई आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गरी गत एक महिना देखि मनाउँदै आएको छ ।

प्रकाशित : १२ कार्तिक २०७४, आईतवार १७:४८