लक्ष्मी लघुवित्तको मुनाफामा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी लघुवित्तको मुनाफामा गिरावट



काठमाडौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा २ करोड २५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ९ दशमलव ४९ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

२४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडाकोषमा १३ करोड ४१ लाख रुपैयाँ राखिएको छ । निक्षेपमा ६० दशमलव ११ प्रतिशतले वृद्धि गरी ७२ करोड ६६ लाख रुपैयाँ संकलन गरिएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ४५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । कर्जामा ४५ दशमलव ०९ प्रतिशतले वृद्धि गरी २ अर्ब ३२ करोड ६ लाख रुपैयाँ लगानी गरेको छ ।

खुद व्याज आम्दानीमा ६ दशमलव ५२ प्रतिशतले बढेर ५ करोड ९० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९ दशमलव ४९ प्रतिशतले घटेर ३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । लक्ष्मी लघुवित्तले प्रोभिजनमा ४९ लाख रुपैयाँ राखिएको छ ।

लक्ष्मी लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ९३ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १५ दशमलव ४८ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ३७ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४३ दशमलव ५४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५५ दशमलव ४३ रुपैयाँ र तरलता अनुपात ११ दशमलव २२ प्रतिशत रहेको छ ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार ११:०६