ओम डेभलपमेन्ट बैंकको हकप्रद भर्नु भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओम डेभलपमेन्ट बैंकको हकप्रद भर्नु भयो ?



काठमाडाै । ओम डेभलपमेन्ट बैंकले हकप्रद बिक्रि गरिरहेको छ। बैंकले असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म १० बराबर ३ कित्ता सेयर अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो।

बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक हालै मर्ज भएका हुन् ।

बैंकले ३० प्रतिशत हकप्रद प्रयोजनार्थ भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ २९ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। भदौ २९ सम्म कायम शेयरधनीले कार्तिक २६ गतेसम्म हकप्रद भर्न सक्ने छन्। हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार ११:२३