बजेट कार्यान्वयन छिटो गरौं : अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजेट कार्यान्वयन छिटो गरौं : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बजेट कार्यान्वयन वर्ष सफल पार्न विभिन्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । शुक्रबार आयोजित मन्त्रालयका सचिवहरु सहभागी कार्यक्रममा अर्थमन्त्री महतले उक्त निर्देशन दिएको जानकारी गराइएको हो ।

अर्थ मन्त्रालयबाट श्रावण १ गते नै सबै मन्त्रालयहरुमा खर्चको खख्तियारी गैसकेको भन्दै उनले सार्वजनिक खरिदसम्बन्धी ऐन यसै अधिवेशनबाट पारित हुने पनि जानकारी गराए । ‘अब काम गर्नका लागि कसैलाई पनि कुनै बहनाबाजी नरहने’ उनले जिकिर गरेको पनि जनाइएको छ ।

काम गरेर देखाउन निर्देशन दिँदै अर्थमन्त्री महतले पुनःनिर्माण प्राधिकरण गठन गर्न ढिलाइ भयो भनेर काम नपन्छाउन पनि सचेत गराए ।

मन्त्रालयले खर्च गर्नेगरी रकम छुट्याइएको र कार्यक्रमको प्राथमिकीकरण, डिजाइन, कार्यविधि निर्माण गर्न कसैले नरोकेकोतर्फ पनि उनले सचेत गराए ।

नेपालको वैदेशिक व्यापारघाटा डरलाग्दो अवस्थामा पुगेको उल्लेख गर्दै अर्थमन्त्री डा. महतले स्वदेशका उद्योग–धन्दाहरुका समस्या समाधान गरी निर्यात बढाउन केन्द्रीय बैंकको तर्फबाट ल्याउनुपर्ने प्रोत्साहनमूलक कार्यक्रमहरु छिटो ल्याउनुपर्नेमा पनि जोड दिएको जानकारी गराइएको छ ।

प्रकाशित : १५ श्रावण २०७२, शुक्रबार १२:१६