३ दशमलव ५१ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ दशमलव ५१ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव ५१ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका जलविधुत समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५६ कम्पनीको १४ लाख ९४ हजार १ सय ८३ कित्ता सेयरबाट ४४ करोड ८३ लाख ३१ हजार ३ सय ७९ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ३१ दशमलव ७८ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह १२ दशमलव ८३ अंकले , उतपादनमुलक समुह ९ अंकले, टे«डिड. समुह ५ दशमलव ९१ अंकले, अन्य समुह २ दशमलव ८९ अंकले,फाइनान्स समुह २ दशमलव ३२ अंकले, होटेल समुह २ दशमलव १२ अंकले र बैँक समुह १ दशमलव ३६ अंकले ओरालो लागेको छ।
आज जलविधुत समुह भने उकालो लागेको छ। आज जलविधुत समुह ७ दशमलव ६१ अंकले उकालो लागेको छ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार १५:१६