कर्तुत लुकाउन व्यापारी नेताको दौउडधुप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कर्तुत लुकाउन व्यापारी नेताको दौउडधुप



काठमाडौ । दरबारमार्गमा अचाक्ली मूल्य असूलेर कालोबजारी गर्ने व्यापारीहरुलाई प्रहरीले पत्र काटेपछि तर्सिएका व्यापारीका नेताहरु कर्तुत जोगाउन दौउडधुप गर्न थालेका छन् ।

उनिहरुले उद्योगी व्यवसायी तथा व्यापारीहरुले विना प्रमाण व्यापारीहरुलाई थुन्ने काम नगर्न सरकारसँंग अनुरोध गरेका छन । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृह सचिव मोहनकृष्ण सापकोटासँंग भेट गरी बजार अनुगमनपछि पहिला व्यापारीको कुरा सुन्ने अनि मात्रै थुन्ने काम गर्नुपर्ने माग राखे । बजार अनुगमनपछि व्यापारीलाई ल्याएर सिधै थुन्ने काम भएको भन्दै त्यसो नगर्न अनुरोध गरेका हुन् ।

गृह मन्त्रालय सिंहदरवारमा भएको भेटमा चेम्वरका अध्यक्ष श्रेष्ठले दोषि प्रमाणित नभइकनै आरोपका आधारमा व्यापारीलाई थुन्ने काम नगर्न अनुरोध गरे । अनुसन्धानबाट दोषि प्रमाणित भएपछि मात्रै दण्ड सजायलगायतका कारबाहीको प्रक्रिया अगाडि वढाउन उनले अनुरोध गरे ।

भेटमा सचिव सापकोटाले व्यवसायीका मागमा आफू सकारात्मक रहेको बताए । यसका लागि निजी क्षेत्रका व्यवसायीहरुसँंग छलफल गरी अगाडि वढने आश्वासन दिए ।

भेटमा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्धितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिवहरु देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, पर्शुराम दाहाललगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : १३ कार्तिक २०७४, सोमबार १६:५७