प्रभुको हेलिकप्टरले बिहीबारदेखि उडान भर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभुको हेलिकप्टरले बिहीबारदेखि उडान भर्ने



काठमाडौं । प्रभुको नयाँ हेलिकप्टरले परिक्षण उडान शुरु गर्ने भएको छ । प्रभुको नयाँ हेलिकप्टर रोबिन्सन आर ६६ ले बिहीबारदेखि परिक्षण उडान शुरु गर्ने प्रभु ग्रुपका अध्यक्ष देबीप्रकाश भट्टचनले बताए ।

‘हेलिकप्टरको जडानकार्यदेखि देखि सम्पूर्ण परिक्षण सफल भइसकेको छ,’ उनले भने, ‘बिहीबारबाट परिक्षण उडान शुरु गर्नेछौं ।’ प्रभुले नयाँ हेलिकप्टर असोज १९ गते पोखरामा ल्याएर अजाड कार्य शुरु गरेको थियो ।

बिहीबारबाट परिक्षण उडान शुरु गरेपनि ब्यवसायीक उडान भने नेपाल नागरिक उडड्यन प्राधिकरणबाट उडान अनुमति (एओसी) लिएपछि मात्र शुरु गरिने प्रभु हेलिकप्टरका एकाउन्टेण्ट म्यानेजर विनोद थकालीले बताए ।

हाल प्रभुले २ वटा हेलिकप्टरबाट उडान भर्दै आएको छ । नयाँ रोबिन्सन आर ६६ संचालनमा आएसँगै ३ वटा पुग्नेछ । सो हेलिकप्टरमा पाइलट सहित ५ सीट क्षमता रहेको छ । नयाँ रोबिन्सनबाट दृश्य अवलोकन, हवाई फोटोग्राफी, फिल्म सुटिङ, खोजी र उद्धार कार्यका लागि बढी उपयोगी हुने कम्पनीको दाबी छ ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार ११:२९