३ दशमलव १९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ दशमलव १९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव १९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै समुहले गुमाएका छन्। आज फाइनान्स, इन्स्योरेन्स,उतपादनमुलक   र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १६० कम्पनीको १२ लाख ४८ हजार ३ सय ७५ कित्ता सेयरबाट ४१ करोड ८१ लाख ४० हजार २ सय ५२ रुपैयाको कारोबार भएको छ।

मंगलबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ । आज होटल समुह १६ दशमलव ९७ अंकले ओरालो लागेको छ। आज विकास बैँक ७ दशमलव ७५ अंकले, जलविधुत ५ दशमलव १८ अंकले र बैँक समुह ५ दशमलव १५ अंकले ओरालो लागेको छ । आज टे«डिड. समुह भने स्थिर रहेको छ।
मंगलबार सबै भन्दा धेरै अन्य समुहले कमाएको छ। आज अन्य समुह ५ दशमलव ७८ अंकले उकालो लागेको छ । आज इन्स्योरेन्स समुह ४ दशमलव ०५ अंकले,उतपादनमुलक ३ दशमलव ४७ अंकले,र फाइनान्स समुह ० दशमलव ५५ अंकले उकालो लागेको छ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार १५:१७