विकासमा अग्रसर सिन्धुलीका महिला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विकासमा अग्रसर सिन्धुलीका महिला



सिन्धुली । अवसर पाउने हो भने विकास निर्माणमा महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण बनेका छन्– सिन्धुलीका महिलाहरू । चुलो चौकमा मात्र बित्ने महिलाको दैनिकी  सडक निर्माणको जिम्मा लिएर विकासमा अग्रस देखिएका छन् । विकास निर्माणमा महिला उपस्थिति न्यून रहने गरेकोमा सिन्धुलीमा महिलाहरुकै सहभागितामा काम थालिएको मिलिजुली उपभोक्ता सडक संघकी अध्यक्ष लालमाया घिसिङले जानकारी दिइन । सरकारले प्रत्येक विकास योजना सम्पन्न गर्दा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेको भए पनि तोकेको प्रतिशत पुर्याउन मात्र समितिमा महिलाको सहभागिता गराइन्थ्यो ।

तर, अहिले सिन्धुलीमा भने सम्पूर्ण नेतृत्व नै महिलालाई दिई काम सञ्चालन हुनुले महिलाको सक्षमता पुष्टि भएको घिसिङको भनाई छ । विभिन्न आयोजना महिलाकै नेतृत्वमा सम्पन्न गर्ने कार्यलाई प्रथामिकतामा राखिएको जिल्ला विकास कार्यलयका स्थानिय विकास अधिकारी प्रदिप कुमार निरौलाले जानकारी दिए । अहिले विकास निर्माणका कार्यमा झन्डै ७५ प्रतिशत  महिलाको सहभागिता  रहेको निरौलाको भनाई छ ।  विकास निर्माणमा महिलाको नेतृत्व गर्दै आएकी घिसिङका अनुसार महिलाले दैनिक  ८ सय ५० देखि १००० सम्म ज्याला पाउछन् । पुरुषको तुलनामा महिलाले  पनि विकास निर्माणमा खट्न सक्न भन्ने गतिलो उदाहरण यो क्षेत्रका महिलाले दिएको उनि बताउछिन ।

सुध्रिदै विपन्नको आर्थिकस्तर

सिन्धुली । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत कमलामाई नगरपालिका स्थित जन–उत्थान केन्द्र सिन्धुलीद्वारा सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमसंग आवद्ध नागरिक सचेतना केन्द्रहरुले जिविकोपार्जनसंग सम्बन्धित सामुदायिक पूर्वाधार विकास निर्माण कार्यहरु शुरुवात गरेका छन् । नागरिक सचेतना केन्द्रले सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विभिन्न सिपमुलक तालिम लिएर जिविकोपार्जन सुधारमा लागेका छन् । नागरिक सचेतना केन्द्रकी संयोजक  शर्मिला विश्वकर्माले  केन्द्र मार्फत महिलाहरुको आयआर्जनका लागि आवश्यक पर्ने सामुहिक कार्यलगायतका कार्यक्रम संचालन हुदै आएको जानकारी दिइन । उनले भनिन्– ‘गरिब विपन्नका लागि सामुहिक कार्यले  गरिबि न्युनीकरणमा टेवा पुगेको छ ।’
केन्द्रकै सक्रियतामा यस क्षेत्रका पिछडिएको वर्ग अहिले बाख्रापालन , कुखुरा पालन लगायतका कार्यमा लागेरर राम्रो आयअर्जन गर्न सक्षम भएका छन् ।  उक्त वडाका सामाजिक परिचालिका ईश्वरी श्रेष्ठले अति विपन्न दलित समुदायको बसोबास रहेको यो क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गतको सामुदायिक पूर्वाधार विकास कार्यक्रम सामुदायिक तहमा अति विपन्न वर्गहरुलाई उनीहरुको जीवनमा सुधार ल्याउन सहयोग पुग्ने प्रकृतिका कार्यक्रम एवं आर्थिक पूर्वाधार निर्माणका योजनामा सहयोग पुर्याउनु रहेको जिल्ला शासन विज्ञ (डिजिइ) विजय गुप्ताले जानकारी दिए ।
उनले भने– ‘ नागरिक सचेतना केन्द्रका सदस्यहरुको जिविकोपार्जन तथा आर्थिक विकाससंग सम्बन्धित स्थानीय आवश्यकता, उपयोगिता, बजारको माग अवस्था र दिगोपनामा आधारित भई  कार्यक्रम सञ्चालन गरिदै आएको ।’

प्रकाशित : १६ श्रावण २०७२, शनिबार १५:२८