जनता बैंकको कन्तबिजोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता बैंकको कन्तबिजोक



काठमाडाै । जनता बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कर्मचारी खर्च र संचालन खर्च उल्लेख्य रुपमा बढ्दा जनता बैंकको कमाईमा त्यसको प्रभाब देखिएको छ।

दुई बलिया बिकास बैंकलाई साथमा लिएर अघि बढ्दा जनता बैंकको कमाईमा खासै प्रगति हुन नसकेको वित्तीय विवरणले देखाएको छ। गत आर्थिक बर्षको यस अवधिमा जनता बैंक एक्लैले ६ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। तर दुई बिकास बैंकलाई साथमा लिएर अघि बढेको जनता बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासको कमाई ६ करोड ४८ लाखमा सिमित भएको छ।

बैंकको कर्मचारी खर्च ५ करोड २९ लाखबाट चुलिएर १५ करोड ९० लाख रुपैंया पुगेको छ भने अन्य सञ्चालन खर्च ६ करोड १५ लाखबाट ११ करोड ४९ लाख रुपैंया पुगेको छ।

चुक्ता पुंजी करिब २०० प्रतिशतले बढ्दा त्यहि अनुसार ब्यवसाय बिस्तार गर्न शाखा बिस्तार गर्नु पर्ने बाध्यताले पनि जनता बैंकको संचालन खर्च बढाएको छ। त्यस्तै खराब कर्जाको अनुपात बढेकाले बैंकले १४ करोड ३८ लाख जोखिम बापत छुट्याउनु परेकाले त्यसको प्रभाब खुद मुनाफामा देखिएको हो।

त्यसो त बैंकले कारोबार तथा व्यवसाय विस्तारमा तिब्र बनेको विवरण पेश गरेको छ। उसले पहिलो ३ महिनामा निक्षेप संकलनको आकार २४ अर्ब ९२ करोड रुपैंयाबाट बढाएर ५२ अर्ब ३० करोड पुर्याएको छ भने कर्जाको आकार पनि २१ ऋर्ब ० करोडबाट बढेर ४७ अर्ब ७३ करोड रुपैंया पुगेको छ। दुई गुणा बढीले कारोबार बढाएको बैंकले आगामी दिनमा राम्रै गर्ने अपेक्षा गर्न सकिन्छ।

पुंजीवृद्धिको अनुपातमा कमाई गर्न नसक्दा र जोखिम बापत १४ करोड बढी छुट्याउनु पर्दा खुद मुनाफामा संकुचन आई प्रति सेयर आम्दानि समेत निराश बनाउने गरि घटेको छ। त्यसो त बैंक ५ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल हुँदा त्यसले खुद मुनाफामा टेवा मिलेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैंया ४२ पैसा रहेकोमा यस अवधिमा प्रतिसेयर आम्दानी ३ रुपैंया ७० पैसामा सिमित भएको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७३ दशमलब २६ प्रतिशत छ। यसले उसले थप कर्जा प्रवाह गरि कारोबार बढाउने सम्भावनालाई कायम राखेको देखिएको छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १.१८ प्रतिशतबाट बढेर १.६५ प्रतिशत पुगेको छ।

यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ४३ करोड रुपैयाँ छ भने जगेडा कोष ६८ करोड २६ लाख रुपैंयाबाट बढेर १ अर्ब ८९ करोड रुपैंया पुगेको छ । त्यस्तै बैंकको प्रति सेयर नेटवर्थ १२७ रुपैंया ६ पैसा हुँदा मुल्य आम्दानि अनुपात ६९ गुणा छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गर्न भने बाँकी नै छ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार ११:१३