नेप्सेमा आजदेखि लघुवित्त समूहको अलग्गै परिसूचक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा आजदेखि लघुवित्त समूहको अलग्गै परिसूचक



काठमाडौं । नेप्सेमा लघुवित्त कम्पनीको आजदेखि अलग्गै परिसूचक हुने भएको छ । यसअघि विकास बैंक समुह अन्तर्गत रहेका नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका कम्पनीहरुलाई छुट्टै उपसूचक सञ्चालनमा ल्याएको हो ।अहिलेसम्म लघुवित्तलाई विकास बैंक समूहमा राखिएको थियो । नेप्सेले दिएको जानकारी अनुसार ३३ वटा लघुवित्त कम्पनीको अलग्गै सूचक हुने छ ।लघुवित्त र विकास बैंक फरक भएपनि नेप्सेले एउटै सूचकमा राखेको थियो । जबकी लघुवित्त र विकास बैंकले गर्ने काम नै फरक छ । विकास समूहमा ७१ वटा संस्था रहेकोमा ३३ वटा अब घट्ने भएका छन् ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार १२:१९