नबिल बैंकको खुद नाफामा ६.६४ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैंकको खुद नाफामा ६.६४ प्रतिशतले वृद्धि



काठमाडौं । नेपालका वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ।जुन गत वर्षको तुलनाभन्दा ६ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा र्बैंकले मुनाफा ७९ करोड ८३ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब ४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ६ अर्ब ९० करोड ५० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा सामान्य वृद्धि गरी १ खर्ब २३ अर्ब ७ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १३ दशमलव २५ प्रतिशतले वृद्धि गरी ९४ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ लगानी गरेकोे छ ।

त्यस्तै खुद व्याज आम्दानीमा ७ दशमलव ०८ प्रतिशतले बढेर १ अर्ब ३६ करोड ६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफामा ६ दशमलव ३२ प्रतिशतले वृद्धि गरी १ अर्ब २६ करोड १ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ९ करोड ४५ लाख रुपैयाँ राखिएको छ भने २ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

नबिल बैंकको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी ४१ दशमलव १० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३० दशमलव ९७ गुणा, प्रति शेयर नेटवर्थ १ हजार ८ सय २५ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३९ प्रतिशत रहेको छ ।

बैंकको जोखिम युक्त सम्पति १२ दशमलव ५० प्रतिशत रहेको छ भने निष्कृय कर्जातर्फ १ दशमलव ११ प्रतिशत रहेको छ ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार १२:४७