राष्ट्रिय वाणिज्य बैंककाे प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय वाणिज्य बैंककाे प्रगति



काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा  प्रगति गरेको छ । यो बैंकले गत वर्षको यही अवधिमा ५० करोड रहेको खूद नाफालाई बढाएर ७० करोड ९५ लाखको उचाईमा पुर्याएको छ जुन गत वर्षको तुलनाभन्दा ४१ दशमलव ८ प्रतिशले वृद्धि गरेको हो ।

८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँ राखेको छ । बैकले निक्षेपमा सामान्य वृद्धि गरी १ खर्ब ४८ अर्ब ३१ करोड २१ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ६ अर्ब ४७ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा ३५ दशमलव २६ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६१ दशलमव २३ प्रतिशतले बढेर ९४ करोड ७ लाख रुपैयाँ पुगेको छ । संभावित जोखिम वापत ३३ करोड ४४ लाख रुपैयाँ राखेको छ भने संभावित जोखिम वापत फिर्ता १५ करोड २३ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्क्रिय कर्जा २ दशमलव ९२ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ०९ प्रतिशत रहेको छ ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार १३:४७