७ दशमलव ०२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७ दशमलव ०२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ७ दशमलव ०२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन् । आज कारोबारमा आएका उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५९ कमपनीको १० लाख ३१ हजार ८ सय ३२ कित्ता सेयरबाट ४२ करोड २६ लाख ४४ हजार २ सय ४४ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ४९ दशमलव ७ अंकले ओरालो लागेको छ। आज विकास बैक समुह १३ दशमलव ४१ अंकले, लघुवित्त समुह १२ दशमलव ९३ अंकले, होटल समुह ९ दशमलव ६१ अंकले, जलविधुत समुह ६ दशमलव ८६ अंकले,बैँक समुह ६ दशमलव ४७ अंकले र फाइनान्स समुह ३ दशमलव ८८ अंकले ओरालो लागेको छ।
बुधबार उतपादनमुलक र अन्य समुहले भने कमाएका छन्। आज उतपादनमुलक समुह २३ दशमलव ४८ अंकले उकालो लागेको छ भने अन्य समुह ० दशमलव ५८ अंकले उकालो लागेको छ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार १५:१९