निर्जीवन बीमा कम्पनीलाई विज्ञापन गर्न अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्जीवन बीमा कम्पनीलाई विज्ञापन गर्न अनिवार्य



काठमाडौं। निर्जीवन बीमा कम्पनीले विज्ञापन तथा प्रचार प्रसारको लागि ब्यवस्थापन खर्चको न्युनतम २५ प्रतिशत छुट्टाउनु पर्ने भएको छ। यसअघि बीमा समितिले कम्पनीहरुलार्इ बार्षिक बीमा शूल्कको १.५ प्रतिशत भन्दा नबढाइ विज्ञापन, प्रचार प्रसार, ब्यापार प्रवर्द्धन, अभिकर्ता, अतिथि सत्कार लगायतका क्षेत्रमा खर्च गर्न पाउने पुरानो व्यवस्था गरेको थियो। यसरी हुन आउने कुल रकमको २५ प्रतिशत विज्ञापन तथा प्रचार प्रसारमा खर्चनै पर्ने व्यवस्था लागु गरिएको हो। बीमा समितिले १७ वटा निर्जीवन बीमा कम्पनीहरुलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षबाट नै यो व्यवस्था लागु गर्न निर्देशन दिएको छ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार १६:३४