प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अाज उम्मेदवारी मनोनयन हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अाज उम्मेदवारी मनोनयन हुँदै



काठमाडौं । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बिहीवार उम्मेदवारी मनोनयन हुँदैछ । प्रतिनिधि सभाका लागि दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा भोलि मनोनयन गर्ने कार्यतालिका छ । प्रदेश सभाका २ सय ५६ स्थानमा पनि बिहीवार नै मनोनयन हुनेछ ।

 निर्वाचन आयोगले भोलि हुने मनोनयननको तयारी पूरा भएको जनाएको छ । राजनीतिक दलहरुले भने मनोनयनका लागि २४ घण्टा मात्र बाँकी रहदा सम्मपनि उम्मेदवारी टुंगो लगाउन सकेका छैनन् । उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेस संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

कांग्रेसले ३२ स्थानमो उम्मेदवारको टुंगो लगाएपनि कतिपय स्थानमा उम्मेदवार छान्न सकेको छैन् । मधेस केन्द्रित दलहरुसंगको चुनावी तालमेलका कारण कांग्रेसले उम्मेदवार छान्न ढिला गरेको हो । मधेस केन्द्रित दलहरुसंग छलफल जारी रहेको कांग्रेसले जनाएको छ ।

वामपन्थी गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार छान्ने काम अन्तिम चरणमा पुगेको जनाएका छन् । एमाले स्थायी समिति बैठकले उम्मेदवारको मनोनयन गरेर बुधवार दिउसो सार्वजनिक गर्ने जनाएको छ । एमाले स्थायी समिति बैठक उपाध्यक्ष वामदेव गौतमको निवासमा बसिरहेको छ ।

माओवादी केन्द्रले पनि ६१ स्थानका लागि उम्मेदवार छनौट गर्दैछ । माओवादीले पनि आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने जनाएको छ ।

मधेस केन्द्रित दलहरुले पनि उम्मेदवार छनौटको गृहकार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । राप्रपाले पाँच क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ स्थानमा भने कात्तिक ५ गते नै उम्मेदवारी मनोनयन भइसकेको छ ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार १७:३०