न्युरोड र बसन्तपुरमा छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

न्युरोड र बसन्तपुरमा छापा



काठमाडाैं । काठमाडाैंकाे बिशाल बजारमा अापुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेकाे छ । विभागले न्युरोड र बसन्तपुरमा रहेका स्टोन सम्बन्धी विभिन्न जेम कलेक्सन पसलहरुमा अनुगमन गरेको थियाे । अनुगमनका क्रममा न्युरोडको जेम कलेक्सन सेन्टरमा खरिद बिल अनुसार विक्री गरेको बिलमा अनियमितता देखिएको छ ।

अनुगमन टोलीले उक्त पसललाई २४ घण्टा भित्रमा विभागमा सम्पुर्ण कागजपत्र सहित उपस्थीत हुन भन्दै कारोबारमा समेत रोक लगाएको छ । विभागले जेम कलेक्सन सेन्टरले बुझाउने कागजपत्रका आधारमा थप अनुसन्धान गरी कारबाही प्रकृया अगाडी बढाउने जनाएको छ । चार वटा पसलमा गरिएको अनुगमनका क्रममा अन्य तीन वटा पसलमा भने कुनै अनियममितता नदेखिएको विभागले जनाएको छ ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार १७:४१