अर्थमन्त्री-ब्रोकर भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्थमन्त्री-ब्रोकर भेट



 काठमाडौ। शेयर दलालहरुको छाता संगठन नेपाल स्टक ब्रोकर एसोसिएसनका सदस्यहरुले आज अर्थमन्त्री डा. रामशरण महतसँग भेट गरि आफ्ना गुनासाहरु पोखेका छन । डा. महतसँग भएको संक्षिप्त भेटको क्रममा स्टक ब्रोकरहरुले शेयर धितो कर्जा प्रबाहको अधिकार आँफुले पाउनु पर्ने, बजारको बिस्तार गरिनुपर्ने, पुँजीगत लाभकरको सट्टा कारोबार कर लगाउनु पर्ने जस्ता बिषयहरु जोडदार ढंगले उठाएका छन ।

ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको नेतृत्वमा गएका शेयर ब्रोकरहरुले अर्थमन्त्री समक्ष शेयर धितो कर्जा प्रबाह गर्ने व्यवस्था आँफुहरुले गर्न पाउने व्यवस्था गर्न बिशेष माग गरे । भेटका क्रममा स्टक ब्रोकरहरुले नेपाली शेयर बजारको आकार सानो भएको भन्दै त्यसको बिस्तारका लागी सरकारी स्तरबाट बिशेष पहलको समेत माग गरे । उनीहरुले सिडिएस संचालनमा आएसँगै शेयरहरु अभौतिक हुने हुँदा पुँजीगत लाभकर गणनामा समस्या देखिएको भन्दै पुँजीगत लाभकर हटाइृ कारोबार कर लगाउन माग गरेका छन । त्यस्तै सिडिएस कारोबार प्रणालीमा समस्या देखिएको भन्दै कारोबारमा ढुक्क हुन नसकेको गुनासो समेत व्यक्त गर्न भ्याए ।

उनीहरुले धितोपत्र सम्बन्धी ऐनहरु समय सान्दर्भिक नभएको भन्दै त्यसलाई सान्दर्भिक बनाउन बिभिन्न ऐन तथा निर्देशनहरु संसोधन गर्न समेत माग गरे । उनीहरुले नेप्सेको कारोबार प्रणाली पुरानो भएकोले त्यसलाई समयानुकुल परिवर्तन गरिनुपर्ने पनि माग गरे । उनीहरुले ब्रोकरहरुको कार्यक्षेत्र निकै संकुचित गराईएकोले त्यसलाई बिस्तार गर्न पनि माग गरे ।

उनीहरुले धितोपत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र विस्तार गनुपर्ने, पूँजी बजारको क्षेत्रमा परामर्श सेवा र लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, धितोपत्र डिलरसिप तथा मार्जिन टेडिङ तथा मार्जिन ल्याण्डिङ कार्य गर्न दिनुपर्ने जस्ता मागहरु समेत गरेका छन । साथै उनीहरुले उत्पादनशिल क्षेत्र तथा रियल सेक्टरलाई समेत पुँजी बजारमा ल्याउन सरकारीस्तरबाट बिशेष पहल गरिनुपर्ने पनि माग गरे । जवाफमा अर्थमन्त्री महतले आँफुले सबै कुरामा अध्ययन गरेर बजारको लागी सक्दो प्रयत्न गर्ने प्रतिक्रिया दिए ।

प्रकाशित : १८ श्रावण २०७२, सोमबार १४:३९