प्राइम कमर्शियल बैंकको कमालको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम कमर्शियल बैंकको कमालको प्रगति



काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा बढाउन सफल भएको छ ।  बैंकले असोजसम्म ३४ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैैंकले २५ अर्ब १० करोड रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकको झण्डै १० करोड रुपैयाँ नाफा बढेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको ३ महिनाको वित्तीय विवरणमा नाफा, निक्षेप परिचालन र कर्जालगानीलगायत अन्य वित्तीय सूचक सन्तोषजनक रहेको देखाएको छ ।

गत असारको तुलनामा बैंकको खराव कर्जा अनुपात बढेर १.३७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा ०.७८ प्रतिशत थियो । यस्तै पुँजीगत लागत बढेर ८.२२ प्रतिशत पुगेको छ । गत असारमा ८.१५ प्रतिशत थियो ।

बैंकको निक्षेप कर्जा अुनपात ७५.७० प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ६१ पैसा छ । गत असारमा ईपीएस २३ रुपैयाँ २४ पैसा थियो । समीक्षा अवधिमा बैंकले ६८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारमा ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप थियो । ३ महिनामा बैंकले निक्षेप ३ अर्ब रुपैयाँ बढी परिचालन गरेको छ ।

यस्तै कर्जा लगानी विस्तार भई ५९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो कर्जा ५७ अर्ब ७१ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ हारहारीमा वृद्धि भएको छ । बैंकको संचित कोष बढेर ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ३२ करोड रुपैयाँ छ ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार ०९:३०