नेप्से घट्यो कारोबार बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से घट्यो कारोबार बढ्यो



napsaकाठमाडौँ । सोमबार नेप्से परिसूचक ३ दशमलब ७४ अंकले घटेर १ हजार ३० दशमलब ४० अंकमा कारोबार भएको छ।त्यसै गरि क वर्ग को सेन्सेटिभ इण्डेस्क पनि १ दशमलब ०४ प्रतिसतले घटेर २ सय २१ दशमलब ५६ अंकमा कारोबार बन्द भएको छ। आज १सय  ३३ कम्पनीका ३ हजार ३ सय ९ कारोबारबाट १३ लाख ४६ हजार ६२ कित्ता शेयर  खरिद बिक्री भएको छ  जसबाट ७० करोड २० लाख रुपैंया बराबरको कारोबार भएको छ। आईतबार भन्दा सोमबारको बजार ट्रेन्ड हेर्नेहो भने बजार खुलेको आधा घण्टा लगातार घटेको थियो भने त्यस पछिको बाँकि समय पुरै सुस्त गति रहेको थियो। नेप्से उप परिसूचकमा ने जलबिधुत समूह ० दशमलब १५ अंक र बिमा समूह, १० दशमलब ५२ अंकले  बढेका छन्  भने  बैंकिंग समूह ५ दशमलब ४४ अंक, होटेल समूह  २१ दशमलब ९ अंक, बित्तिय समूह १ दसमलब ६५ समूह, बिकाश बैंक समूह ० दसमलब १९ अंक, अन्य समूह  ३ दसमलब  ५२ र उप्पादन तथा प्रसोधन समूह ८ दशमलब ३६ अंकले  घटेका छन्
कारोबार रकमको आधारमा नेपाल इन्भेष्ट बैंकको प्रोमोटर शेयर सर्वाधिक २६ करोड ९१ लाख ३४ हजार रुपैंया बराबरको कारोबारले सोमबार ७० करोडको कारोबार भएको हो।इन्फ्रास्ट्क्चर बिकाश बैकको सर्वाधिक ७ प्रतिसतले बजार बढेको छ भने नँया नेपाल लघुवित्त विकास  बैकको सर्वाधिक ७ दशमलब ३७ प्रतिसतले मूल्य घटेको छ।

प्रकाशित : १८ श्रावण २०७२, सोमबार १४:४१