एनएमबि बैंकको मुनाफा २८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकको मुनाफा २८ प्रतिशतले वृद्धि



काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनाभन्दा २७ दशमलव ६१ प्रतिशतले वृद्धि गरी ४५ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३५ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

६ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले जगेडाकोषमा ४ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ९ दशमलव ७० प्रतिशत वृद्धि गरी ७१ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ६२ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा १२ दशमलव १५ प्रतिशतले कमी आएको छ, भने संचालन मुनाफा २६ दशमलव ०३ प्रतिशतले वृद्धि गरी ४६ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ९ करोड रुपैयाँ राखेको छ भने २१ करोड १७ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।बैंकको प्रतिशेयर आम्दानी वार्षिक २७ दशमलव ९४ रुपैयाँ रहेको छ ।

बैंकको निस्कृय कर्जामा शुन्य दशमलव १६ प्रतिशतले घटेर १ दशमलव ६७ प्रतिशत रहेको छ भने जाखिमयुक्त सम्पत्ति १३ दशमलव ८० प्रतिशत रहेको छ । बैंकको मुल्य आम्दानीको अनुपात वार्षिक १७ दशमलव ३६ गुणा, तरलता अनुपात २३ दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ७२ दशमलव ३८ रुपैयाँ रहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार १२:३०