चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्स बीच सम्झौता, टिकट खरिदमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्स बीच सम्झौता, टिकट खरिदमा छुट



काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धन गरिएको चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिने दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रवन्धक अब्दुल्हा तुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार चन्द्रागिरि हिल्स लिमिटेड र टर्किस एयरलाइन्समा कार्यरत कर्मचारीहरु र यात्रु महानुभावहरुले दुवै तर्फको टिकट खरिदमा छुट पाउने व्यवस्था मिलाईएको कम्पनी ले जनाएको छ । छुट सम्बन्धी व्यवस्था सम्झौता पत्रको सेवा र शर्तहरुमा आधारित हुनेछ । कर्मचारीहरुको हकमा दुवै तर्फको टिकट खरिदमा कम्पनीले जारी गरेको परिचय–पत्र र यात्रुहरुको हकमा यात्रा अवधिको बोर्डिङ्ग पास र टिकट देखाउन अनिवार्य गरिएको छ ।

सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २५१ अन्तर्र्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज छन् भने विश्वका ३०० गन्तव्यमा नियमित उडान भर्दै आएको छ ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहीबार १९:५४