राष्ट्र बैंकमा उच्च प्रशासकहरुको सरुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्र बैंकमा उच्च प्रशासकहरुको सरुवा



Nepal-Rastra-Bank_Panorama1_20111122085657नेपाल राष्ट्र बैंकले प्रवक्ता फेरेको छ । केन्द्रीय बैंकले प्रवक्तामा गभर्नर कार्यालयका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीलाई नियुक्त गरेको हो । आन्तरिक लेखा परीक्षण विभागबाट गभर्नर कार्यालयमा सरुवा भएसगै पंगेनी प्रवक्ता नियुक्त भएका हुन् । यसअघिका प्रवक्ता डा. मीनवहादुर श्रेष्ठलाई अनुसन्धानबाट राष्ट्र ऋण विभागमा सारीएको छ भने प्रवत्ताको जिम्मेवारीबाट हटाइएको छ । गभर्नर डा. चिरञ्जिबी नेपालले गत बिहीबार १४ जना कार्यकारी निर्देशकको सरुवा तथा पदस्थापना गरेका थिए । डा. नेपाल गभर्नरमा नियुक्त भएपछि पहिलो पटक विशिष्ट श्रेणीका अधिकारीहरुको सरुवा गरिएको हो ।

निर्देशकबाट कार्यकारी नार्देशकमा बढुवा भएका शिवनाथ पाण्डेलाई बैंक तथा वित्तीय संस्थाको नियमन विभागको जिम्मेवारी दिइएको छ । सो विभागका मनमोहनकुमार श्रेष्ठलाई आन्तरिक लेखा परिक्षण विभागको जिम्मेवारी दिइएको छ । प्रदिपराज पाण्डेलाई बैंकर्स ट्रेनिङ सेन्टरबाट वित्त व्यवस्थापन विभागमा ल्याइएको छ । बैंकिङ कार्यालयका शिवराज श्रेष्ठलाई जनशक्ति विभागमा ल्याइएको छ । अनुसन्धान विभागका कार्यकारी निर्देशक मिनवहादुर श्रेष्ठलाई राष्ट्र ऋण विभाग पठाइएको छ भने उनको ठाउमा ऋण विभागका नरवहादुर थापालाई पठाइएको छ ।मुद्रा व्यवस्थापनका चिन्तामणि शिवाकोटीलाई कार्यकारी निर्देशकका रुपमा त्यही विभागमा पदस्थापन गरिएको छ ।भिष्मराज ढुंगाना पनि विदेशी विनिमय विभागमै कार्यकारी निर्देशकका रुपमा पदस्थापन भएका छन् ।

जनशक्ति विभागका नारायण पौडेललाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ । बैंक सुपरिवेक्षँका लक्ष्मीप्रपन्न निरौलालाई सामान्य सेवा विभागको जिम्मेवारी दिइएको छ । वित्तीय व्यवस्थापन विभागका राजनविक्रम शाहलाई बैंकिङ कार्यालय पठाइएको छ भने नयाँ गठन गरिएको भुक्तानी तथा फस्छर्यौट विभागमा महेश भट्टराईलाई लगिएको छ ।

प्रकाशित : १८ श्रावण २०७२, सोमबार १४:५७