आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारमाथि कडा कार्वाही हुन्छः प्रमुख निर्वाचन आयुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

आचारसंहिताको पूर्ण पालना नगर्ने उम्मेदवारमाथि कडा कार्वाही हुन्छः प्रमुख निर्वाचन आयुक्त



काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदातालाई लोभलालचामा फसाउने तथा डर, धम्की र त्रास दिएर प्रभावित तुल्याउने काम कहीँकतै भएको पाइए उम्मेदवारी रद्द हुनेसम्मको कार्वाही हुनेतर्फ पनि सचेत गराए ।

शुक्रबार काठमाडौंमा ‘युवाहरुका लागि निर्वाचनसम्बन्धि प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोगको अनुमतिविना सवारी साधनको प्रयोग नगर्न पनि राजनीतिक दल र त्यसका उम्मेदवारहरुलाई पुनः निर्देशन दिए ।

प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न युवाहरु प्रतिबद्ध भएर लाग्ने विश्वास गरेको छु ।’

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १४:५५