रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक



काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशाली सेवाग्राहीहरु श्रीराम थापा, महेन्द्र शाह, संजित कुमार राय र राम एक्बल महतो भाग्यशाली बिजेता घोषित भएका छन्। सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थियो ।

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राहीमूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको थियो । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिन्छ । यस अघि राममणी भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका थिए । भट्टराईलाई गायक सागर आले मगरले एक समारोहकावीच उपहार प्रदान गरेका थिए । भाग्यशाली विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सकने छन् । उपहार प्राप्त गर्नका लागि विजेताहरुले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १५:२३