महत्वकांक्षी योजना बाड्दै पुनर्निर्माण प्राधिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

महत्वकांक्षी योजना बाड्दै पुनर्निर्माण प्राधिकरण



काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने योजना बनाएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने योजना बनाइएको जानकारी दिएका हुन् ।

शुक्रबार काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी उनले स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गरेर निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिन लागिएको पनि स्पष्ट पारेका हुन् ।

७ लाख ७६ हजार ७ सय ५ जना लाभग्राही भएपनि पुनर्निर्माणको कामले गति नलिएपछि प्राधिकरणले स्थानीय तहसँग सहकार्य गरेर पुनर्निर्माणको काममा तीव्रता दिने योजना बनाएको हो ।

प्राधिकरणका प्रवक्ता भुसालले यस आर्थिक वर्षभित्र निजी आवास निर्माणको कामलाई पूर्णता दिने योजना पनि स्मरण गराए । प्राधिकरणले निजी आवास निर्माणको कामले गति नलिएकै कारण राष्ट्रिय सम्पदाहरुको पुनर्निर्माणको काम ओझेलमा परेको पनि स्पष्ट पारेको छ ।

प्रवक्ता भुसालले ७ सय ५० वटा सम्पदाहरु भूकम्पले क्षेति गरेको र त्यसमध्ये हालसम्म २८ वटा विश्व सम्पदा सूचिमा रहेका सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न भएको पनि जानकारी दिए ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १५:०३