माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता    « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता   



काठमाडौं । माछापुच्छ्रे बैंक र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ । कोरियाबाट नेपालमा बैधानिक प्रणालीबाट रेमिट्यान्स भित्र्याउन यी दुई संस्थाबीच सम्झौता भएको हो । हाल कोरियाबाट हुण्डीलगायत अबैधानिक प्रणालीबाट नेपालमा रेमिट्यान्स भित्रिरहेकोमा यो सम्झौताले कानुनी माध्ययमबाट ल्याउन थप सहज हुने बैंकको दाबी छ ।

 

इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालयका भएको सो सम्झौतामा इन्डस्ट्रियल बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । साथै दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंहले एक कार्यक्रमबीचउक्त रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका थिए । सम्झौता अनुरुप दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफकोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् ।

 

बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमालगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने व्यवस्था गरेको छ । साथै बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १५:३३