‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति



काठमाडौँ । दूरसञ्चार सेवालाई सरल तथा विश्वसनीय तुल्याउने उद्देश्यका साथ ‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति दिने भएको छ ।

सरकारले तयार गरेको दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को प्रावधान अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक दुई वटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालकाअनुसार पूर्वाधार सेवा प्रदायक संस्थाको स्थापना भएपछि पूर्वाधारमा नक्कल नहुने, ग्राहकले सस्तो सेवा पाउने र वातावरणीय सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ ।

हाल दूरसञ्चार सेवा प्रदान गर्दै आएका कम्पनीहरुले आफैँले बनाउनुपर्ने अवस्थाको अन्त्य भएपछि त्यसको प्रभावस्वरुप ग्राहकले सस्तो सेवा पाउने विश्वास लिइएको छ ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १५:४६