बैंकरहरु जेल चलान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंकरहरु जेल चलान



चीनमा १२ महिनायता १ सय २७ बैंकका भ्रष्टाचार गर्ने अध्यक्ष र शाखा प्रमुखसहतिका कर्मचारीहरु कारागार चलान भएका छन् ।

कारागार चलान गरिएकामध्ये आधाभन्दा बढी बैंकका अध्यक्ष र शाखा प्रमुख रहेका छन् । उनीहरुमाथि घूस, छलकपट, अवैध ऋण प्रवाहलगायत अभियोग लागेको छ ।

चीन सरकारले व्यापक चलाएको भ्रष्टाचारविरुद्धको अभियानका कारण हजारौंको गिरफ्तारी र आरोपपत्र दायर गरिएको छ ।
२१ औं शताब्दी आर्थिक रिपोर्टको अनुसार अगष्ट २०१४ यता उनीहरुलाई गलत गतिविधिको आरोपमा न्यायिक विभाग र अनुसन्धानको दायरामा तानिएको थियो ।

‘बाघ’ र ‘झिंगा’ नछाड्ने उद्घोष राष्ट्रपति सी जिनपिङले गरेका छन् । साना र ठूला सबै ओरोपितलाई कानुनी दायरामा ल्याउने योजना तीब्र गतिमा अगाढि बढिरहेको छ ।एजेन्सी

प्रकाशित : १८ श्रावण २०७२, सोमबार १५:०५