युवा अवस्थामा लगानी गर्दा हुने यी चार फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

युवा अवस्थामा लगानी गर्दा हुने यी चार फाइदा



लगानी नै गर्ने हो भने तपाईले एक लगानीकर्ताको हिसाबले अाफ्नो जिवनमा चाडैनै लगानी गर्ने सुरुवात गर्नु राम्रो मानिन्छ । लगानी गरेर त्यसको उचित लाभ लिने र यसलाई दुइगुना गर्नेको लागि तपाइले बेलैमा लगानी सुरु गर्नु पर्छ । तर युवा अवस्थामा लगानी गर्न सहज हुदैन तर यो समयमा लगानी गर्नु नि कै फाइदा जनक हुन्छ । त्यसैले युवाअवस्थमा नै धेरथोर तपाईको सानो पुँजी लगानी गर्नलाई अगाडी सार्नुहोस
१ तपाइसंग समय हुन्छ

यो बाट सिधा लाभ हुन्छ साथै यो सबै भन्दा अधिक महत्वपर्ण पनि हो । यदि तपाइ युवा अवस्थामा नै लगानी गर्न प्रारम्भ गर्नु हुन्छ भने निस्चित रुपमा अरुको तुलनामा अधिक लाभ कमाउनु हुन्छ । तपाईसंग समय हुनुको यो अर्थ हो कि तपाईले लगानी गरेर पैसा बचाउने समय अधिक छ । यो समयमा हुने लगानीका क्षेत्र खोज्ने र पहिचान गरेर सहि ठाउमा लगानी गर्ने पनि हो । यसले तपाईलाई खास लाभ मिल्छ ।

– समय पैसाको समयको तगत
दिर्घकालिन रुपमा लगानी गर्नको लागि जति उमेर तपाइको छ त्यती फलदायी हो । सरल भाषामा भन्दा यो समय पैसाको समयको तगत हो । कुनै इन्भेष्टमेन्ट पोटफोलियो वा रिटायर मेन्ट एकाउन्टमा नियमित लगान गर्दा राम्रो लाभ मिल्ने संभावना अधिक हुन्छ ।

३ –  खर्च गर्ने बानीमा सुधार

यो लाभलाई धेरै मान्छे देखेको नदेखेकै गर्छन । तर जिवनमा चाडै लगानी गर्दा सकारात्मक खर्चको अादत बन्छ । जो मानिस सुरुवाती अवस्थाबाट नै लगानी गर्छ उसले लगानीको सिमामा बाधिने बानीको विकास समेत गरेकाे हुन्छ । लगानी गर्दा तपाइले महत्वपुर्ण कुराहरु सिक्नु हुन्छ । जति लगानीको बारेमा बुझ्नु हुन्छ उति तपाईको लागी अधि लाभ हुन्छ ।

४- वैक्तिक अार्थिक खेल भन्दा अगाडी
यदि तपाई युवा लगानीकर्ता हुनुहुन्छ भने स्वयंलाई वैक्तिक अर्थको विश्वमा अगाडी राख्न सक्नु हुन्छ । लगानीमा भएको अाम्दानीले तपाईले त्यो वस्तु किन्नु हुन्छ जुन वस्तु अरुले किन्न पाएका वा सकिरहेका हुदैनन । तपाईको जिवनमा कुनै यस्तो समय पनि अाउन सक्छ कि त्यो समय पैसाकाे कमि महशुस हुन्छ । यो सयममा युवा अवस्थमा गरेको लागानीले तपाईलाई सहायता गर्ने छ ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १६:१७