बैंक अफ काठमाण्डूूको नाफा अोरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बैंक अफ काठमाण्डूूको नाफा अोरालो लाग्यो



काठमाडाै । बैंक अफ काठमाण्डूू लिमीटेडको खूद नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले २२ करोड ४० लाख खूद नाफा आर्जन गर्यो, जबकि अघिल्लो आबको यही अवधिमा बैंकको नाफा २७ करोड माथि थियो ।

व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान नदिंदा खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ५० लाख रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा ५७ करोड ३६ लाखमा सीमित बन्न पुुगेको छ ।

समीक्षा अवधिमा बैंकले ४ करोड ८९ लाख राइट ब्याक गरेको छ भने संभावित जोखिम व्यवस्थापनका लागि १३ करोड २९ लाख प्रोभिजनमा राखेको छ ।

बैंकको निक्षेप तथा कर्जा परिचालन पनि घटेको छ । यो अवधिमा बैंकले ६९ अर्ब १५ करोड निक्षेप संकलन गरी ६२ अर्ब ३२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६९ अर्ब ३२ करोड निक्षेप संकलन गरी ६१ अर्ब ४७ करोड कर्जा परिचालन गरेको थियो ।

बित्तीय संस्थाहरुको महत्वपूर्ण सूचक मानिने रिजर्ब कोषमा समेत यो बैंकले प्रगति गर्न सकेन, उल्टो अधोगति देखिएको छ । अघिल्लो आबको पहिलो त्रैमाससम्म रिजर्ब कोषमा ४ अर्ब २० करोड रहेकोमा घटेर समीक्षा अवधिसम्म ३ अर्ब ५३ करोडमा सीमित बन्न पुुगेको छ ।

समीक्षा अवधिमा बैंकमा खराब कर्जाको समेत थुप्रो लागेको छ । अघिल्लो आबको पहिलो त्रैमाससम्म १.१२ प्रतिशत रहेको खराब कर्जा बढेर समीक्षा अवधिमा २.०८ प्रतिशत पुुगेको छ । ३.८५ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ७.७८ प्रतिशत पुुगेको छ भने १२.३७ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ९.८४ प्रतिशतमा सीमित बन्न पुुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १५.९२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६२.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.८३ गुणा कायम भएको छ ।

प्रकाशित : १८ कार्तिक २०७४, शनिबार १४:५६