नेचुरल साकोसको नवौ वार्षिक साधारण सभा सम्पन्न , ठूलो परिणामको नतिजा दिनका लागि सहकारीको मर्जः मेयर शाक्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेचुरल साकोसको नवौ वार्षिक साधारण सभा सम्पन्न , ठूलो परिणामको नतिजा दिनका लागि सहकारीको मर्जः मेयर शाक्य



काठमाडौं  । जोरपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गरे । सभामा वोल्दै प्रमुख शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए । उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्नेआवश्यकता रहेको पनि विचार व्यक्त गरे ।

संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न सभामा संस्थाका प्रमुख कार्यकारी संचालक विकल्प पाठकले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७३ ०७४ मा ४ करोड ९ लाख ८६ हजार रुपैंया शेयर पूँजी तथा ४० करोड ७३ लाख ५३ हजार ६ सय ३० रुपैंया बचत संकलन गरेको जानकारी दिए । त्यसैगरी ४७ करोड २ लाख ६० हजार ७ सय ८७ रुपैंया कर्जा लगानी गरी १ करोड ४६ लाख ४२ हजार ६ सय ६० रुपैंया खुद आम्दानी गरेको जानकारी दिए ।

 

संस्थाले यस अर्थिक वर्षमा ५९ करोड ९० लाख ५ हजार २ सय १० रुपैंयाको कूल कारोवार गरेको जनाएको छ । सधारण सभाको अवसरमा संस्थाले पाँच वर्ष निरन्तर सेवा अवधी पुगेका कर्मचारी संतोषराज पाण्डेलाई सम्मान गरेको छ । कार्यक्रममा बिशेष अतिथी शखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार ११:१७