गुडविल फाइनान्सकाे प्रगति सामान्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुडविल फाइनान्सकाे प्रगति सामान्य



काठमाडौ । गुडविल फाइनान्स लिमिटेड लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफा १ करोड २० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा शुन्य दशमलव ९० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा फाइनान्सले मुनाफा १ करोड १९ लाख रुपैयाँ कमाएको थियो ।

फाइनान्सले निक्षेपमा २५ दशमलव ७८ प्रतिशतले वृद्धि गरी ४ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ९० करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानीमा १६ प्रतिशतले बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६ सय २९ दशमलव ०९ प्रतिशतले बढेर १ करोड ८२ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको प्रोभिजनमा ३९ लाख रुपैयाँ राखेको छ ।

फाइनान्सको निष्कृय कर्जा १ दशमलव २९ प्रतिशत र जोखिम युत्त सम्पत्ति १९ दशमलव २० प्रतिशत रहेको छ । यसको प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ६५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २७ दशमलव ८२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २८ दशमलव ९७ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ७५ प्रतिशत रहेकाे छ।

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार १२:३२