आरम्भको दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ अाउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरम्भको दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ अाउँदै



काठमाडौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुई करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो ।

संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्रकाशित : १९ कार्तिक २०७४, आईतवार १३:१७