कुमारी बैंकको खुद मुनाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकको खुद मुनाफा घट्यो



काठमाडौं । कुमारी बैंक लिमिटडले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा खुद मुनाफा ११ करोड २० लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनाभन्दा १८ दशमलव २४ प्रतिशतले घटेको हो । अघिल्लो बर्षको सोही अवधिमा मुनाफा १३ करोड ७४ लाख रुपैयाँ कमाएको थियो ।

५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २ अर्ब ७४ करोड ७ लाख रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानी ३५ दशमलव ८७ प्रतिशतले बढेर ३५ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५० प्रतिशतले घटेर ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेपमा ३५ प्रतिशतले वृद्धि गरी ५४ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ संकलन गरेर कर्जा ४७ अर्ब ४७ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकले प्रोभिजनमा १४ करोड ९८ लाख रुपैयाँ राखेको छ भने ९ करोड ७० लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
कुमारी बैंकको प्रति शेयर आम्दानी ७ दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४१ दशमलव ०१ गुणा, प्रति शेयर नेटवर्थ रु १ सय ४५ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ३४ प्रतिशत रहेको छ ।

बैंकको निस्कृय कर्जा १ दशमलव ९७ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १५ दशमलव २५ प्रतिशत रहेको छ ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १०:२१