ज्योति विकास बैंकको मुनाफामा ३ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकको मुनाफामा ३ प्रतिशतले वृद्धि



काठमाण्डौ । ज्योति विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५७ लाख खूद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा ४ दशमलव ६५ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ४ करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

खर्च व्यवस्थापनमा ध्यान दिंदा  बैंकको खूद ब्याज आम्दानीतर्फ राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९४ लाख रुपैयाँमा सीमित रहेको यस्तो आम्दानी बढेर १२ करोड ८९ लाखको उचाईमा पुुगेको छ ।

ज्योति विकास बैंकले समीक्षा अवधिमा ११ अर्ब ३० करोड निक्षेप संकलन गरी ९ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो आबको यही अवधिमा बैंकले ७ अर्ब ९४ करोड निक्षेप संकलन गरी ६ अर्ब ७६ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले रिजर्ब कोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३० करोड ७२ लाख रुपैयाँ रहेको कोषमा समीक्षा अवधिसम्म ५१ करोड १४ लाख जम्मा भएको छ ।

बैंकले निस्क्रिय कर्जा असूलीमा विशेष ध्यान दिएको देखिन्छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २.१३ प्रतिशत रहेको यस्तो कर्जालाई घटाएर ०.८२ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल बनेको छ

 

प्रकाशित : २० कार्तिक २०७४, सोमबार ११:३६