माउन्ट मकालुको हकप्रद मंसिर ७ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माउन्ट मकालुको हकप्रद मंसिर ७ देखि



काठमाडौं । माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकलाई दुई बराबर एकको अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको होे ।

बैंकले सय रुपैयाँ अकिंत मूल्यमा तीन लाख ४५ हजार ८०० कित्ता हकप्रद शेयर मंसिर ७ गतेबाट बिक्री खुल्ला गर्ने भएको छ । हाल ६ करोड ९१ लाख ६० हजार रुपैयाँ चुक्तापूँजी रहेको माउन्ट मकालुको हकप्रद बिक्री पश्चाच पूँजी १० करोड ३७ लाख ४० हजार पुग्नेछ । बैंकको हकप्रदमा कात्तिक १६ गतेसम्म कायम शेयरधनीले मंसिर ७ देखि पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको हकप्रदमा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट, माउन्ट मकालु डेभलपमेन्ट बैंक लाली गुराँस नगरपालिका २ तेह्रथुम तथा डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु चिप्लेढुँगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायाणगढ, बुटवल र धनगढीबाट आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १२:१८