एनआईसी एशियाकाे दुई नयाँ शाखा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशियाकाे दुई नयाँ शाखा सञ्चालनमा



काठमाडौं । एनआईसी एशिया बैंकले सोमबार दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको गौरह र ईटहरीको तरहरामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।गौरादह शाखाको उद्घाटन गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाह र तरहरा शाखाको उद्घाटन उप– महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीले गरे ।शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको बैंकले जनाएको छ । दुई नयाँ शाखसहित बैंकले १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुलाई सेवाप्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १६:२४