राहत र पुर्नव्यस्थापनमा लाग्न लेखापरीक्षकलाई अडानको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राहत र पुर्नव्यस्थापनमा लाग्न लेखापरीक्षकलाई अडानको आग्रह



काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान)ले देशभरका लेखापरीक्षकहरुलाई महाभूकम्पपिडितहरुको राहत र पुनव्र्यवस्थापनमा जुटन आग्रह गरेका छन । महोत्तरीको जलेश्वरमा सम्पन्न अगुवा लेखापरीक्षकहरुको भेलालाई सम्वोधन गर्दै अडानका केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले सो कुरा बताएका हुन् ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को पांचौं परिषदका सदस्यसमेत रहेका पौडेलले महाभूकम्पमा लेखापरीक्षकका परिवारसमेत प्रत्यक्ष प्रभावित परेको बताएका छन । महाभूकम्पमा परेका नागरिकहरुको उद्धार, राहत र पुनव्र्यवस्थापनका लागि अडानले सरकारलाई संस्थागत रुपमा सहयोग गरेको बताउँदै लेखापरीक्षकहरु स्वतःस्फूर्त रुपमा यो अभियानमा जुटिरहेको पौडेलले जानकारी दिए ।

महाभूकम्पपछिको अवस्थाको व्यवस्थापन र पुनर्निमाणका लागि राज्यले सबै शक्ति, स्रोत र अन्तरराष्ट्रिय सहयोगको प्रभावकारी परिचालन र संयोजनका लागि ध्यान दिनुपर्ने उनको भनाइ थियो । साथै, यस विषम परिस्थितिवीच हुन लागि रहेको आइक्यानको सातौं परिषदको निर्वाचनमा अडानका तर्फबाट प्रस्तुत साझा उम्मेदवारहरुलाई विजयी बनाएर पेशागत हकहित, एकता र क्षमता अभिवृद्धिको पक्षमा उभिन समेत उनले आग्रह गरे ।

प्रकाशित : ३ जेष्ठ २०७२, आईतवार १२:२९